एमाले-माओवादी विवाद : संसदीय समितिमै अड्कियो संवैधानिक परिषद् विधेयक
सरकारमा रहेका प्रमुख दलहरू एमाले र माओवादी केन्द्रबीच विवाद हुँदा संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदीय समितिमा नै अड्किएको छ । संवैधानिक परिषद्मा गणपूरक संख्या र निर्णय गर्दा अपनाउने प्रक्रियामा कस्तो व्यवस्था राख्ने भन्नेमा एमाले र माओवादीबीच एकमत नहुँदा विधेयक लामो समयदेखि संसदीय समितिमै अड्किएको हो ।