पोखरा महानगर र सीआईबी प्रतिवेदनको एकै निष्कर्ष : सूर्यदर्शन सहकारीको बचत हिनामिनामा पनि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी मात्र होइन, पोखराको सूर्यदर्शन सहकारीको बचतसमेत हिनामिना गरेको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेले सूर्यदर्शन सहकारीबाट रकम लिएको भन्दै तयार पारेको प्रतिवेदन उनी गृहमन्त्री भएपछि लुकाएका थिए । तर, पोखरा महानगरले गठन गरेको छानबिन समितिले पनि लामिछाने आफैंले माग फाराम भरेर सहकारीबाट रकम उठाएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ ।