सहकारीका बचतकर्ता यी हुन्, मस्ती गर्ने को हुन् ?
बुटवल चौराहास्थित राजमार्गमा सार्वजनिक शौचालय सफा गर्ने सीता दर्जी । पूर्वपश्चिम गर्ने बसका यात्रुलाई फलफूल बेच्ने पीताम्बर भट्टराई । बिहानैदेखि चिया बेच्ने विष्णु पाण्डे । पात्र यी हुन् जसले आफ्ना सारा रहर खुम्च्याएर सन्तानको भविष्यका लागि बुटवलस्थित सुप्रिम सहकारीमा बचत जम्मा गरिरहेका थिए । तर उनीहरूको पसिनाको कमाइ तानेर गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएको थियो । अब निजी कम्पनीमा सारिएको पैसा कसरी फिर्ता हुने हो ? प्रश्न अनुत्तरित हुँदा करिब १० हजार बचतकर्ता अत्तालिएका छन् ।