कर बक्यौता विवादले देशभर इन्टरनेट अवरुद्ध
नौ महिनादेखि ‘ब्यान्डविथ’ खरिदबापतको भुक्तानी रोकिएपछि भारतीय कम्पनीले नेपालका इन्टरनेट सेवा प्रदायकका इन्टरनेट काटिदिएका छन् । इन्टरनेट काटिएपछि बिहीबार अपराह्नदेखि एकाएक नेपालका प्रमुख ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा प्रदायकले दिँदै आएको इन्टरनेट अवरुद्ध वा अत्यन्तै सुस्त हुन पुगेको छ ।