प्रथम महिला सचिव चन्द्रकला किरणको निधन
काठमाडौँ — नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ । किरणको ९४ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रुपमा सेवा गरेकी थिइन् ।
२०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रुपमा काम गरेकी थिइन् । उनी २०४६ सालमा सेवानिवृत्त भएकी थिइन् । किरण शिक्षासेवी र सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित थिइन् ।
उनको बिहीबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गर्ने कार्यक्रम छ ।
प्रकाशित : वैशाख २०, २०८१ १८:१६प्रतिक्रिया