कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम

काठमाडौँ — सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख २८ गते शुक्रवार अपराह्न २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आहृवान गरेको छ । वैशाख २८ गते शुक्रबार अपराह्न २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आहृवान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन् ।

उनले दुई पक्षीय वार्ताको लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरु सम्मिलित वार्ता टोली र प्रतिनिधिमण्डल गठन हुने बताइन् ।

जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको २०८१ वैशाख २३ गते नेपाल भ्रमणको अवसरमा हुने दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी वार्ता गर्ने अख्तियारी दिने, उक्त दुई पक्षीय वार्ताको लागि यसैसाथ संलग्न अनुसूचि पनि आएको छ ।


प्रकाशित : वैशाख २०, २०८१ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?