कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर जलेर नष्ट

सर्लाही — भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट ७२ घर जलेर नष्ट भएको छ ।

सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर जलेर नष्ट

विष्णु गाउँपालिका-१ बाराउद्योरणस्थित एक बस्तीमा बिहीबार दिउँसो आगलागी हुँदा ७२ परिवार घरबारविहीन बनेका हुन् । स्थानीय चन्द्रेश्वर राउत, बिकी राउत, रामु राउत, श्यामु राउत, चतुरभुज राउतलगायतको घर जलेर नष्ट भएका हुन् ।

बाराउद्योरणका स्थानीयका अनुसार शत्रुधन राउतको घरबाट आगलागी सुरु भएको हो । आगलागी भएपछि उनको घरमा रहेको ग्यास सिलिण्डर विस्फोट भएपछि आगो गाउँतिर फैलिएको र पटक-पटक आधा दर्जन ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागीले भीषण रुप लिएको थियो ।

घटनास्थलमा रहेका सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक विनोदराज खनालले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । उनका अनुसार ७२ परिवार घरवारविहीन भएको जानकारी आएको छ ।

आगलागीबाट क्षतिसहित विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख २०, २०८१ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?