२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

नेप्सेमा झण्डै १७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १६.८२ अंकले घटेर २ हजार ६.५२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.८३ अंकले घटेको हो । आइतबार करिब साढे २ अंकले घटेको नेप्से सोमबार दोहोरो अंकले घटेको हो ।

नेप्सेमा झण्डै १७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । उक्त दिन कारोबारमा आएकामध्ये ५२ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ८४ वटाको घट्यो र बाँकी ८ कम्पनीको सेयर मूल्य स्थिर छ । सो दिन ५० हजार ५ सय २४ वटा कारोबारबाट ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत आइबार ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

पछिल्ला दिनहरुमा निरन्तरजसो सेयर बजार घटिरहेको छ । यहीकारण सेयर बजारको आकार कुल बजार पुँजीकरण घटेर ३१ खर्ब ८१ अर्ब कायम भएको छ ।

प्रकाशित : वैशाख ३, २०८१ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?