वायुसेवा कम्पनीहरूको लागत बढ्दै, नाफा घट्दै जाँदा सरकार र विज्ञहरूले मर्जर तथा संरचनात्मक सुधारलाई समाधानको विकल्पको रूपमा उठाएका छन् ।
धानको बीउमा ६ वर्षमै ७ अर्ब रुपैयाँभन्दा बढी बाहिरिइसकेको छ तर स्वदेशी धानका जात प्रवर्द्धन र संरक्षणमा अपेक्षित सफलता मिल्न सकेन
बर्डफ्लुको संशय र अन्योलले किसानहरूले चल्ला नराख्दा आउँदा दिनमा मासु र अण्डा अभाव हुन सक्ने व्यवसायीहरूले बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल भन्छन- उड्डयन उद्योग अत्यन्तै संवेदनशील र कडा नियमनभित्र सञ्चालन हुने भएकाले कुनै पनि संस्थाको वित्तीय अवस्था कमजोर हुँदा त्यसले हवाई सुरक्षा र सम्पूर्ण उद्योगमै प्रत्यक्ष प्रभाव पार्छ ।
राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा देशभर सामान्य दिनको तुलनामा पाँच गुणा बढी ७५ लाख लिटर दही खपत हुने नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताए ।
लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा सुरुमै एक प्रतिशत शुल्क लगाएर निरुत्साहित गरेको भन्दै सबैतिरबाट विरोध आएपछि उक्त प्रस्ताव विवादित बनेको हो ।
सोमबार कारोबारमा आएकामध्ये २९ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने २४० कम्पनीको घट्यो ।
सडकको काम निर्धारित समयमा नसकिएपछि सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गका १६ ठेक्का सम्झौता रद्द गरेको छ।
नेपाल आयातित खाद्यान्नमा बढ्दो निर्भर बन्दै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
धान रोप्ने मेसिनले लागत र समय कम गरे पनि चितवनका किसानमा यसको प्रयोग अझै व्यापक हुन सकेको छैन ।
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए ।
ऊर्जा दक्षता अभिवृद्धि, ऊर्जा संरक्षणको नियमन तथा व्यवस्थापन अभाव पूरा गर्न प्रस्तावित विधेयक ल्याउन लागिएको सरकारको स्पष्टोक्ति
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा कायम भएको छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६२ पैसा तोकिएको छ।
असार १४, २०८३
उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक आजबाट चालु अवस्थाको विद्युत् लाइन अत्याधुनिक उपकरण प्रयोग गरी मर्मतसम्भार कार्यकाे सुरुवात गरेको हो ।
नेपाल सरकारले आफ्नै खर्चमा बनाउन लागेको डीपीआर दातृ निकाय आफैं लगानी गरेर बनाउन तयार
नेपाल आउने चिनियाँ पर्यटकका लागि ७ दिन ६ रातको विशेष भ्रमण प्याकेज तयार गरिएको छ । यसमा काठमाडौं, पोखरा, चितवन र नागरकोट समेटिएका छन् ।
मन्त्री वाग्लेले भने- 'मुलुक ग्रे लिस्टमा फेरि परेको होइन । २०८१ मा पारिएका थियो, हामी निकाल्ने क्रममा छौं । त्यो अवधि अझै बाँकी छ ।’
मन्त्री वाग्लेले चयनमुखी शैलीबाट कसैमाथि अनुसन्धान नगरिने पनि बताएका छन् ।
नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालु खर्च र ऋणको साँवा/ब्याज भुक्तानीमा केन्द्रित भएको भन्दै विकास निर्माणका लागि विनियोजित बजेट अपर्याप्त रहेको बताइन् ।
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर गरे ।
नेपालको पर्यटन क्षेत्रमा ‘अफ सिजन’मै पनि भारतीयका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायी उत्साही
अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।
असार १३, २०८३
सीप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्छ : नेपाल
दोस्रो खण्ड विस्तारका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने
टेस्लाको जीवनी पढेर आँसु खसालेका ल्यारी पेजले १२ वर्षको उमेरमै अठोट गरेका थिए– ‘आविष्कार गरेर मात्रै पुग्दैन, त्यसलाई मानिसको हातसम्म पुर्याउन एउटा सफल कम्पनी खडा गर्नुपर्छ’
असार १२, २०८३
चिया निर्यातमा देखिएका समस्या अध्ययन तथा समाधानका लागि प्रधानमन्त्री कार्यालयले गठन गर्यो विशेष कार्यदल, तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहित दुई साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आवेदन दिनेहरूमध्ये ३४१४ पुरुष, ९२१ महिला र १३ जना अन्य लिङ्गका छन् ।