ठीक १२ वर्षअघि अर्थात सन् २०१२ तिर स्थानीय तह कर्मचारीहरूकै अधीनमा थियो । त्यो जनप्रतिनिधिविहीन समयमै पर्यटकीय गन्तव्य इलामलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको शंखघोष भएको थियो । त्यस्त...
यतिबेला अभिनेत्री मनीषा कोइराला साह्रै खुसी छन् । उत्तिकै उत्साहित पनि छिन् । उनी अभिनीत सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ आज (मे १) देखि रिलिज भएको छ । यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ ।
सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।
तमिल सुपरस्टार रजनीकान्त जति चर्चित छन्, त्यति नै सरल र उदार । संसारभर करोडौं फ्यान छन् । उनी उमेरले सात दशक नाघिसके । तर फिल्मी क्षेत्रमा अझै पनि निकै सक्रिय । नायक मात्र होइन, चरित्र अभिनेता होस् वा खलनायकको भूमिकामा निकै जम्छन् उनी । पर्दामा भयंकर एक्सन गरिरहेका उनी वास्तवमा भने निकै सरल रजनीकान्तको कुरै बेग्लै । उनको पछिल्लो पिःम याद छ ? त्यसमा उनी जेलर थिए ।
सुविना श्रेष्ठद्वारा निर्देशित डकुमेन्ट्री 'देवी'को हटडक्स क्यानेडियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको छ । ८० मिनेट लामो यो डकुमेन्ट्री उत्तर अमेरिकाको सबैभन्दा ठूलो फेस्टिभल हट डक्सअन्तर्गतको 'अन्तर्राष्ट्रिय स्पेक्ट्रम डकुमेन्ट्री प्रतिस्पर्धा'मा छनौट भएको हो ।
सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् ।
तानसेन नगरपालिका–५, कैलाशनगर पाल्पाकी अनिता खाती क्षेत्रीले दर्जनौं देशमा आयोजित ‘फेसन शो’ मा भाग लिइसकेकी छन् । ती शोहरूमा नेपाली मौलिकता र संस्कृति प्रयास गर्छिन् । उनले हालै क्यानभासमा हातले पेन्ट गरेको पोसाकमा नेपाली झन्डासँगै काठमाडौंको धरहरा, पाल्पाको रानीमहल र पाल्पाली ढाका अटाएकी छन् । ‘लिगेसी टु टेक प्राइड’ शीर्षकमा तयार पारिएको पोसाक पाल्पा दरबारमा डमीका रूपमा राखिएको छ ।
यस सिजनमा शशांकले निकै राम्रो खेलेका छन् । उनी निकै भलादमी पनि छन् । उत्तिकै विशेष खेलाडी पनि हुन् । उनी जत्तिको खेलाडी हुनु ठूलै कुरा हो । उनले जसरी खेलिरहेका छन्, त्यो अविश्वसनीय छ ।’ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा शुक्रबार राति पञ्जाव किंग्सले कीर्तिमानी जित निकालिसकेपछि जोनी बियरस्टोले यस्तो प्रतिक्रिया दिएका थिए ।
सन् २००३ को आजकै दिन (२८ अप्रिल) मा अमेरिकी टेनिस खेलाडी आन्द्रे आगासी सबैभन्दा पाको उमेरमा पुरुष टेनिसको विश्व वरीयतामा शीर्ष स्थान ओगट्न सफल भएका थिए ।
इलामको चोक बजार नपुग्दै नवीन चोक जोड्ने बाटोको घुम्तीमै छ, हरि गुरुङको इलाम टि हाउस । खासमा उनको त्यो पसलमा दर्जनौं स्वाद र जातका चिया बिक्रीमा छन् । त्यहाँ पुग्ने ग्राहक हुन् या पाहुना, चिया नचखाई उनी हतपत पठाउँदैनन् । टि हाउसभित्र छ, काठको मुढा चिल्याएर बनाएको टेबल । टेबल वरिपरि चार–पाँच थान स्टुल ।
सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।
बाह्र वर्षअघि गाउँका प्रायः युवा रोजगारीका लागि खाडी मुलुक जाने क्रम बढ्दो थियो । इलेक्ट्रिसियनको काम सिकेकाले शिवराज नगरपालिका–४ डकैयाका ४३ वर्षीय युवराज अधिकारीले रोजगारीका लागि कतार जाने सोच बनाए ।
क्वेयर युवाहरूलाई लक्षित गरी रचनात्मक लेखन कार्यशाला ‘आफ्नै कोठा’ सञ्चालन गरिएको छ । एकदिने कार्यशालामा १६ क्वेयर युवाहरूले सहभागिता जनाएका थिए । कार्यशाला संयुक्त राष्ट्रसंघ–नेपाल र कथा साथले संयुक्त रूपमा आयोजना गरेको हो ।
सन् २०२१ मा आजकै दिन (अप्रिल २५) मा चिनियाँ निर्देशक क्लोइ झाओले उत्कृष्ट निर्देशनतर्फ अस्कर अवार्ड जितेकी थिइन् । उनी अस्कर अवार्ड जित्ने पहिलो गैरश्वेत तथा दोस्रो महिला निर्देशक हुन् ।
मिस नेपालको आगामी संस्करणका लागि बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अडिसन भएको छ । अडिसनमा ११ जना युवतीले सहभागिता जनाएका छन् । नेपालभरका युवतीलाई प्रतियोगितामा सहभागी गराउने उद्देश्यले कर्णाली प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न लागिएको आयोजक ‘द हिडन ट्रेजर’ले जनाएको छ ।
आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।
गतवर्ष रिलिज भएको फरक धारको सिनेमा हो ‘ऐना झ्यालको पुतली’ । अस्कर अवार्डका लागि छनोट भएको फिल्मका चार निर्मातामध्ये एक हुन्, आकाश पौडेल । ३३ वर्षीय आकाश फिल्म स्टडिजका विद्यार्थी हुन् । सन् २०१२ मै फिल्म निर्माणमा स्नातक सकेपछि उनी फिल्म निर्माणको काममा केन्द्रित भए ।
सिद्धार्थनगर–३ रूपन्देहीका रमेश कुर्मी भर्खर १८ वर्षका भए । क्रिकेटप्रति निकै लगाव भएका कुर्मी अधिकांश समय क्रिकेट अभ्यासमा बिताउन चाहन्छन् । उनको खेल कौशल हेर्दा पनि पहिलो प्राथमिकता क्रिकेट नै भएको प्रस्ट हुन्छ । तर, उनको बाध्यता भने फरक छ । जब उनी क्रिकेट खेल्न जान्छन्, तब उनको परिवारका सदस्य भोकै बस्नुपर्ने अवस्था छ ।
स्पिरो रजाटोस । हलिउड पछ्याउनेका लागि यो नयाँ नाम होइन । सुरुमा उनी स्टन्टम्यान थिए । पछि स्टन्ट डाइरेक्टर भए । त्यसपछि कलाकार र निर्देशक पनि भए । तय छ, उनको निर्देशन गर्ने सिनेमा पनि त ‘एक्सन’ ले भरिएको हुनुपर्छ । विश्वभर सबैभन्दा बढी रुचाइने सुपरहिरोमध्येमा पर्छ, क्याप्टेन अमेरिका ।