माधवको भनाइप्रति संकेत गर्दै दाहालले भने, 'समीकरण भत्काउने कोसिस भइरहेको छ'

वैशाख २२, २०८१ २२:०९

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण भत्काउने कोसिस भइरहेको बताएका छन् । माओवादी संसदीय दलको बैठकमा शनिबार उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइप्रति संकेत गर्दै एकीकृत समाजवादीभित्रको द्वन्द्वका कारण समीकरण भत्काउने कोसिस भइरहेको बताए ।

कामनपा र मध्यपुर थिमि सेमिफाइनलमा, यमनको ह्याट्रिक

वैशाख २२, २०८१ २१:५०

काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा भइरहेको प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

जितकुन्डोमा सन्जिव र उर्मिलालाई स्वर्ण

वैशाख २२, २०८१ २१:४०

नागका सन्जिव माझीले चौथो टोखा नगरपालिका जितकुन्डो मार्सल आर्ट्स आमन्त्रण मेयर कपमा शनिबार स्वर्ण पदक जितेका छन् ।

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा पाण्डे

वैशाख २२, २०८१ २१:३४

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । मञ्चको शनिबार क्यानबेरामा भएको छैटौं अधिवेशनले पाण्डेको नेतृत्वमा सहमतिबाट ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

महाँकालमा प्रकाश स्मृति भलिबल सुरु

वैशाख २२, २०८१ २०:५६

हेटौंडा उपमहानगरपालिका र माडी नगरपालिकाले प्रथम प्रकाश दाहाल स्मृति वाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा सफलता पाएका छन् ।

यू–१५ स्कुल क्रिकेट : मोक्क्षदा र रत्नराज्यको लगातार जित

वैशाख २२, २०८१ २०:२३

जयकुमार नाथ स्मृति यू–१५ अन्तरस्कुल क्रिकेट प्रतियोगितामा मोक्क्षदाले लगातार दोस्रो जित निकालेको छ । शनिबार मोक्क्षदाले लर्निङ आरएल स्कुललाई ७ विकेटले हरायो । १८.३ ओभरमा ६७ रन बनाएको ललिङका लागि निश्चल रोका र अनुप सिंहले समान १५ रन बनाए । मोक्क्षदाका नितेश बुढाथोकी र अभी राजपुतले समान २ विकेट लिए ।

सञ्चार क्षेत्रलाई परेका समस्या समाधान गर्न सरकार सहयोगी बन्छ :  कानुनमन्त्री गिरी

वैशाख २२, २०८१ २०:०६

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले मिडियाले लोकतन्त्र ल्याउन र सुशासनलाई मलजल गरेको उल्लेख गर्दै यस क्षेत्रलाई परेका समस्या हल गर्न सरकारले सहयोग गर्ने बताएका छन् । उनले भ्रष्टाचारी समाजमा सुरक्षित छैन भन्ने धारणा बनाउन मिडियाले भूमिका खेलेको बताए ।

बजेटमा मधेसलाई पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

वैशाख २२, २०८१ १९:५०

प्रधानमन्त्री पुष्पकमल दाहालले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा मधेसले पहिलो प्राथमिकता पाउने बताएका छन् । मानव सुचकांकमा पछाडि रहेको मधेस समृद्घिका लागि बजेट पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । 

कर्माचार्यद्वारा १ सय ७८ औं पटक रक्तदान 

वैशाख २२, २०८१ १९:३०

नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बिहीबार बझाङको चैनपुरमा १ सय ७८ औं पटकको रक्तदान गरेका छन् ।

बस्तीमै पुगेर आँखाको शल्यक्रिया 

वैशाख २२, २०८१ १९:१६

‘लौ डाक्टर साब मैले त तपाईंलाई छर्लङ्ग पो देखें,’ ७८ वर्षीय कार्साङ लामाले खुशी हुँदै भने, ‘अब त एक्लै घर जान सक्छु ।’ जुगल गाउँपालिका लेकालीबस्ती गोल्चे गाउँका कार्साङ दुवै आँखा देख्ने भएर घर फर्के । मोतियाबिन्दुका दुवै आँखा बन्द भएर घरमै थलिएका उनी संसार देख्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । भन्छन्, ‘मान्छे पनि देउतै रहेछ ।’ 

मेलम्चीको मुहान सार्नेबारे विज्ञसँग छलफल भइरहेको छ : मन्त्री राई

वैशाख २२, २०८१ १९:०१

खानेपानी तथा सरसफाई मन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने विषयहरुमा विज्ञहरुसँग उच्चस्तरीय छलफल भइरहेको बताएका छन् । शनिवार बाढीले ध्वस्त बनाएको मेलम्चीको मुहान क्षेत्र पुगेका मन्त्री राईले अवलोकनपछि मुहान सार्ने विषयमा छलफल भइरहेको खुलाएका हुन् । 

बुद्ध जयन्ती मनाउन बजेट अभाव

वैशाख २२, २०८१ १८:४९

बजेट अभावले २५६८ औं बुद्ध जयन्तीको तयारी हुन सकेको छैन् । बुद्ध जन्मस्थल लुम्बिनीमा विगतमा भब्य रुपमा मनाइदै आएको बुद्धजयन्ती यो वर्ष औपचारिकतामा सीमित हुने देखिएको छ ।

विद्यार्थी अभावले बागलुङका दुई विद्यालय बन्द, ३१ को कक्षा घटाइयो

वैशाख २२, २०८१ १८:४२

विद्यार्थी संख्या शून्यनजिक झरेपछि बागलुङ नगरपालिकाले २ वटा विद्यालय बन्द (स्थगन) गरेको छ । ३१ विद्यालयको कक्षा घटाइएको छ । नेपालमै सबैभन्दा धेरै १ सय ४ विद्यालय रहेको बागलुङ–९ को रानीभूमे र सरस्वती आधारभूत विद्यालयको पढाइ स्थगन गरेको हो ।

मह सिकार : सिजनको सुरुआतमै कोसेली माग

वैशाख २२, २०८१ १८:३८

भीर मौरीको मह काढ्ने सिजन सुरु हुनु अगावै अजिरकोट गाउँपालिका–२ ओलाङकी सुनमाया गुरुङलाई महको अडर आइसक्यो । काठमाडौं, भारत र बेलायतमा रहेका आफन्तले समेत भीर मौरीको मह पठाइदिन आग्रह गरेका छन् ।

‘आङ खस्ने समस्या मधेशका महिलामा पनि व्यापक’

वैशाख २२, २०८१ १८:२८

पाठेघर खस्ने समस्या मधेशका महिलामा समेत व्यापक रहेकाले त्यस सम्बन्धी सचेतना आवश्यक रहेको सरोकारवालाहरुले औंल्याएका छन् । हेल्थ मिडिया प्रालि, नारायणी अस्पताल र राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रको संयुक्त आयोजनामा शनिबार वीरगन्जमा सम्पन्न ‘पाठेघर खस्ने समस्या सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम’ मा सरोकारवालाहरुले यस्तो औंल्याएका हुन् । 

कर्णाली प्रदेशकै चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल 

वैशाख २२, २०८१ १८:२८

सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको 'सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । 

बिहार चुनावमा ‘जातीय फ्याक्टर’ निर्णायक

वैशाख २२, २०८१ १८:२२

बिहारमा पटनापछिको प्रमुख सहर हो– मुजफ्फरपुर । नेपालसँग सीमा जोडिएका बिहारका जिल्लाको केन्द्र र उत्तर बिहारको अघोषित राजधानी मुजफ्फरपुरलाई मानिन्छ । नेपालको सीमाबाट ८० किलोमिटरभित्र रहेको यस सहरको चुनावी राजनीति अन्यत्रको भन्दा फरक छ । चुनावको मुखमा कांग्रेस वा अन्य पार्टीबाट भाजपामा जानेको संख्या ठूलो देखिँदा यहाँ भने भाजपाबाट लगातार दुई पटक विजयी सांसद कांग्रेस प्रवेश गरेर चुनाव लडिरहेका छन् ।

कांग्रेससहित दलहरुसँग छलफल गरेर संसद् अवरुद्ध नहुने गरी अघि बढ्छौं : प्रधानमन्त्री दाहाल

वैशाख २२, २०८१ १८:२०

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्लाई सुचारु गराउने विषयमा कांग्रेससहितका प्रतिपक्ष दलहरुसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । शनिवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले सो सम्बन्धी समस्या समाधानका लागि सत्तारुढ दलहरुबीच छलफल भइरहेको बताए । 

कालिञ्चाेक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु

वैशाख २२, २०८१ १८:०१

कालिञ्चाेक भगवती दर्शन गर्न गएका एक वृद्धकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२  तिखातलका ६५ वर्षीय गाेलान्दर विक रहेकाे प्रहरीले जनाएकाे छ ।

ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा

वैशाख २२, २०८१ १७:५७

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो ।

नुवाकोटमा गुणात्मक महत्वका कार्यक्रम ल्याउने गरी सोचिरहेका छौं : मन्त्री तामाङ

वैशाख २२, २०८१ १७:४४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नुवाकोट जिल्लामा इतिहासले स्मरण गर्ने गुणात्मक महत्वका कार्यक्रम ल्याउने गरी सोचिरहेको बताएका छन् ।

दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प

वैशाख २२, २०८१ १७:१५

बेलौरीका गोकर्णप्रसाद उपाध्यायले झण्डै एक वर्षअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणका लागि आवेदन दिएका थिए । राजस्व तिर्नेदेखि सबै प्रक्रिया पूरा गर्दा पनि उनले अझै सवारी चालक अनुमतिपत्र प्राप्त गरेका छैनन् ।

काभ्रेको पात्लेखेतमा सवारी दुर्घटना हुँदा ६ जना घाइते 

वैशाख २२, २०८१ १६:४९

काभ्रेस्थित बीपी राजमार्गअर्न्तगत धुलिखेल नगरपालिका ११ पात्लेखेतमा इलेक्ट्रिक भ्यान दुर्घटना ६ जना घाइते भएका छन् । 

श्याम र मन्जितलाई ‘लिब्जु-भुम्जु पुरस्कार’ 

वैशाख २२, २०८१ १६:४०

वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८० सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ श्याम राई र मन्जित राई ‘मानव’लाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिँदै आएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा

वैशाख २२, २०८१ १६:३०

तोकिएकोभन्दा बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले भैरहवाको विभिन्न स्थानमा स्थलगत अनुगमन गरी उनीहरुमाथि कारबाही गरेको हो ।

जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ, तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएको विगत छ : कोइराला

वैशाख २२, २०८१ १५:५६

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् । कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित, मल्लको शानदार फिनिसिङ

आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगाडि नै पुरा गर्‍यो । 

सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण 

वैशाख २२, २०८१ १५:३०

जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको कालीकोटको शुभकालिका-५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो।

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा सुरु

वैशाख २२, २०८१ १५:२५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।  

बहाल कर नतिरेपछि ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ लाई काठमाडौं महानगरद्वारा पत्राचार

वैशाख २२, २०८१ १५:१९

‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ ।  आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन । ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ ।  

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

वैशाख २२, २०८१ १५:१७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ ।

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

वैशाख २२, २०८१ १५:१४

उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो । 

महांकालको विकासका योजना संघीय बजेटमा समेटिने छन् : प्रधानमन्त्री दाहाल

वैशाख २२, २०८१ १५:०९

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा महांकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवर्द्धनको विषय समेट्ने बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महांकाल गाउँपालिकामा शनिवारदेखि सुरु भएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताए । 

एमाले र कांग्रेस मिलेर सरकार चलाउने समय घर्किसक्यो : भट्टराई

वैशाख २२, २०८१ १५:०३

नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकार कहिलेसम्म जान्छ भनेर यकिन गर्न नसकिने बताएका छन् । नेकपा एमाले ताप्लेजुङको १२ औं जिल्ला अधिबेशनको सिलसिलामा गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले शनिवार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाउने अभियान

वैशाख २२, २०८१ १४:५५

नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।   

भीमनारायण गोल्ड कप आइतबारदेखि

वैशाख २२, २०८१ १४:५०

सहिद भीमनारायण गोल्ड कपको १६ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । भोलि (आइतबार) देखि सञ्चालन हुने प्रतियोगिताबारे आयोजकले पत्रकार सम्मेलनमार्फत् शनिवार जानकारी दिएको हो ।

लप्चीबासीको सीमा पास बन्यो, लिन आएनन्

वैशाख २२, २०८१ १४:३६

सीमा पास नहुँदा चीनका खर्कमा चौंरी चराउन नपाएका लप्चीका बासिन्दाले जिल्ला प्रशासन कार्यालय दोलखाले पास उपलब्ध गराउन थाले पनि भौगोलिक विकटताका कारण सदरमुकाम आउन सास्ती भएपछि वितरण हुन सकेको छैन । प्रशासनले पहिलो चरणमा सीमा क्षेत्रका ४० देखि ५० जनालाई पास उपलब्ध गराउने गरी सीमा पास बनाएको छ ।

लुम्बिनी प्रदेशको बजेट ३० प्रतिशतले घट्ने

वैशाख २२, २०८१ १४:२१

कार्यसम्पादनमा सबैभन्दा कमजोर रहेको लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशत बजेट घट्ने भएको छ । यसरी बजेट घट्दा विकास निर्माणका योजना र कार्यक्रममा रकम घट्ने गरी बजेट ल्याउने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले गृहकार्य थालेको छ ।   

एक अर्बको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिदै  

वैशाख २२, २०८१ १४:१६

सार्वजनिक ऋण उठाउने प्रयोजनका लागि सरकारले एक अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न लागेको छ । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गरेको छ ।

अन्तिम खेलमा नेपाललाई जितको मौका

वैशाख २२, २०८१ १४:०८

वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ । शृंखलामा लगातार पाँचौं पटक टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७२ रन बनाएको हो ।

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

वैशाख २२, २०८१ १३:५४

चार दिनअघि परेको चट्याङले संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुङ टावर बिगारेपछि सञ्चार सेवा ठप्प भएको छ ।

उत्तरी नाका वैशाख २५ गतेदेखि खुल्ने 

वैशाख २२, २०८१ १३:४९

उक्तरी चीनसँग जोडिएका ताप्लेजुङ र संखुवासभाका नाका वैशाख २५ देखि खुल्ने भएका छन् । चीनका अधिकारीले अप्रिल ७ देखि आउन सीमावर्ती क्षेत्रका बासिन्दालाई खबर गरेका हुन् । 

विश्वासको मतका लागि आह्वान भएको बैठक दोस्रो दिन पनि स्थगित 

वैशाख २२, २०८१ १३:३८

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार आह्वान भएको बैठक पनि स्थगित भएको छ । एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो ।

अनि भाग्यमानले भने, ‘मोक्कोन म्राङ्जी !’

वैशाख २२, २०८१ १३:३०

काभ्रेको महाभारत–२, गोकुलेका ८२ वर्षीय भाग्यमान साङ्तान, उनका भाइ ८१ वर्षीय गुमानसिंह साङ्तान र ८१ वर्षीया श्रीमती अन्तरीमाया साङ्तान तीनै जना मोतियाविन्दुका कारण ठ्याम्मै देख्दैनथे । उनिहरूका दुवै आँखाले देख्न छोडेको दुई वर्ष भइसकेको थियो । देख्न छोडेपछि उनीहरूको दैनिकी दिनभर पिँढीमा बस्ने, जसले जे दिन्छन्, त्यही खाने र छामछाम–छुमछुम गर्दै शौचालयसम्म जाने मात्रै थियो ।

एक सातामै मधेशका ३ जिल्लाका २७७ घर जले

वैशाख २२, २०८१ १३:०३

एक सातामा मधेश प्रदेशका तीन जिल्लाका तीनवटा बस्तीमा आगलागी हुँदा २ सय ७७ घर जलेर नष्ट भएका छन् । गएको १३ वैशाखदेखि २० सम्म लागेको आगलागीमा परी ती घर जलेका हुन् ।

वाग्मतीमा नेपाल र तामाङ भाषा अब सरकारी कामकाजी भाषा

वैशाख २२, २०८१ १२:५२

वाग्मती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजी भाषाको रुपमा नेपाल र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि प्रयोगमा ल्याइने बताएका छन् ।

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

वैशाख २२, २०८१ १२:४०

राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए ।