कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

कांग्रेससहित दलहरुसँग छलफल गरेर संसद् अवरुद्ध नहुने गरी अघि बढ्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्लाई सुचारु गराउने विषयमा कांग्रेससहितका प्रतिपक्ष दलहरुसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । शनिवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले सो सम्बन्धी समस्या समाधानका लागि सत्तारुढ दलहरुबीच छलफल भइरहेको बताए । 

कांग्रेससहित दलहरुसँग छलफल गरेर संसद् अवरुद्ध नहुने गरी अघि बढ्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सिर्जना हुने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिनपनि पार्टीका सांसदलाई निर्देशन दिए ।

प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले समाजमा पछि परेका दलित उत्पीडितहरुलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्ने भएकाले त्यसैमा केन्द्रित भएर पार्टीका सांसदहरुलाई सुझाव दिनुपर्ने ब्रिफिङ गरेका थिए । उनले विकास बजेटका लागि अत्याधिक माग भएको उल्लेख गर्दै भएका बजेटलाई समुचित ढंगले वितरण गर्नेगरी सुझाव दिन पनि पार्टीका सांसदहरुलाई सचेत गराएका थिए ।

‘यो बैठक मुख्य गरेर आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र त्यो नीति तथा कार्यक्रमको आधारमा बजेट कसरी निर्माण गर्ने भन्ने बारेमा सुझाव दिने, नीति तथा कार्यक्रममा ल्याउनुपर्ने विषयबस्तुहरुमा पनि सुझाव दिने गरी आयोजना भएको हो,' बैठकपछि प्रमुख सचेतक पाण्डेले भने, 'बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले अहिलेको नीति, कार्यक्रम र अहिलेको बजेट कसरी अगाडि बढ्छ ? र त्यसका लागि के, के गर्नु पर्छ, सरकारले कसरी सोचिरहेको छ ? भन्ने बारेमा निर्देशन गर्नुभयो ।'

प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्री दाहालले प्रतिपक्षी दलहरुसँग समेत छलफल गरेर अब संसद् सुचारु रुपमा सञ्चालन हुने अवस्था बनाउन पहल गर्ने जानकारी गराएको बताए ।

प्रकाशित : वैशाख २२, २०८१ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?