कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

दोदा नदीमा डुबेर २ को मृत्यु, २ घाइते

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मृत्यु हुनेमा बेलौरी ४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवर रहेका छन् । उनीहरु शनिबार दिउँसो पौडी खेल्न नदीमा पसेका थिए । सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । उनीहरुको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डीएसपी जोशीले बताए ।


प्रकाशित : वैशाख २२, २०८१ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?