कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सन् १९१३ मा आजकै दिन : भारतमा पहिलो फिचर फिल्म

काठमाडौँ — सन् १९१३ मा आजकै दिन (मे ३) मा भारतमा पहिलो फिचर फिल्म ‘राजा हरिषचन्द्र’ को प्रिमियर गरिएको थियो । फिल्मको बम्बे (हाल मुम्बई) स्थित कोरोनेसन सिनेमामा प्रिमियर गरिएको हो ।

सन् १९१३ मा आजकै दिन : भारतमा पहिलो फिचर फिल्म

फिल्मको निर्माण तथा निर्देशन दादासाहेब फाल्केले गरेका हुन् । आवाजबिनाको फिल्म प्राचीन भारतमा चर्चित इमानदार र निष्ठावान् राजा हरिषचन्द्रको कथामा केन्द्रित छ । फिल्ममा राजा हरिषचन्द्रले आफ्नो जीवनमा आएका आरोह–अवरोहका बाबजुद गरेको संघर्ष र योगदान चित्रित गरिएको छ ।

फिल्ममा दत्तात्रय दामोदर डब्केले राजा हरिषचन्द्रको भूमिका निभाएका छन् । फिल्ममा उनीबाहेक अन्ना सलुङ्के, बालचन्द्र फाल्के, गजानन वासुदेव सेन लगायतका कलाकारले अभिनय गरेका छन् ।

फाल्केले १९११ मा ‘द लाइफ अफ क्राइस्ट (१९०६)’ फिल्म हेरेपछि राजा हरिषचन्द्र फिल्म निर्माण गर्ने निर्णय लिएका थिए । त्यसलगत्तै १९१२ फेब्रुअरीमा उनी फिल्म निर्माणका विविध पक्षहरू सिक्नका लागि बेलायतको राजधानी लन्डन पुगेका थिए । फाल्केले ६ महिना २७ दिन लगाएर ‘राजा हरिषचन्द्र’ को छायांकन सकेका थिए ।

प्रकाशित : वैशाख २१, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?