कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

जितकुन्डोमा सन्जिव र उर्मिलालाई स्वर्ण

काठमाडौँ — नागका सन्जिव माझीले चौथो टोखा नगरपालिका जितकुन्डो मार्सल आर्ट्स आमन्त्रण मेयर कपमा शनिबार स्वर्ण पदक जितेका छन् ।

जितकुन्डोमा सन्जिव र उर्मिलालाई स्वर्ण

नेपाल जितकुन्डो मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५०.५ देखि ६२ केजी फाइनलमा सन्जिवले नागकै सुनिल कठायतलाई पराजित गरे । टोखामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनि फाइनलमा धनगढीका निकेश कठायतले नागका साहिल तामाङलाई हराए ।

महिला ५०.५ केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवारले स्वर्ण जितिन् । उनले फाइनलमा आफ्नै जिल्लाकी जमुना दनुवारलाई हराइन् । महिला ५० केजीमुनि नीलम कोइराला पहिलो भइन् । नीलमले फाइनलमा सुस्मिता दनुवारलाई पन्छाइन् ।

करिब ५० खेलाडीको भाग लिएको प्रतियोगितामा आयोजक संघका महासचिव शिव थापाले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाए । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, अन्तर्राष्ट्रिय निर्णायक ज्याक्विन मार्सेलो, पोल्यान्डका मिचल चाप्लालगायतले पुरस्कृत गरे ।

प्रकाशित : वैशाख २२, २०८१ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?