कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४११

सल्यान दुर्घटना : सवारीधनी विश्वकर्माको उपचारको क्रममा मृत्यु [अपडेट]

सल्यान — बुधबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सवारीधनी ४६ वर्षीय बिष्णु विश्वकर्माको उपचारकोक्रममा मृत्यु भएको छ । 

सल्यान दुर्घटना : सवारीधनी विश्वकर्माको उपचारको क्रममा मृत्यु [अपडेट]

बिहान करिब ११ बजे भएको दुर्घटनामा २२ जना घाइते भएका थिए । त्यसमध्ये गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका-४ का विश्वकर्माको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।

घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बाग्चौर नगरपालिका-२ ठिनबाङ्ग खोलाको पुलमा दुर्घटना भएको थियो ।

डिएसपी कार्कीका अनुसार दुर्घटनामा सवारीधनी विश्वकर्मासहित तुलसीपुर उपमहानगरपालिका-१० बिजौरीका वर्ष २९ का कृष्ण चौधरी, त्रिबेणी गाउँपालिका रुकुम पश्चिमकी वर्ष २२ की चित्रा पुन, नारायणपुर नगरपालिका-१० दाङकी वर्ष ३६ की दिलकुमारी गौतम, रक्षाचौर बस्ने वर्ष २६ की खीमा बिक, तुलसीपुर उपमहानगरपालिका-६ का वर्ष ३४ का पुर्ण शम्शेर जबरा , परसेनीकी वर्ष ४९ की ठगी बुढा, वर्ष ४७ की कुम्भ कुमारी बुढा, चौरजहारी नगरपालिका-२ रुकुम पश्चिमकी वर्ष १६ की पुष्पा चन्द, शारदा नगरपालिका-५ की वर्ष १९ की सपना भण्डारी, बाग्चौर नगरपालिका-१ की वर्षया ५० की भुमा बस्नेत, शारदा नगरपालिका १५ की वर्ष २३ की योगमाया बस्नेत, त्रिबेणी गाउँपालिका-२ रुकुम पश्चिमका वर्ष ६ का रेसम मगर, चौरजहारी नगरपालिका-९ रुकुम पश्चिमका वर्ष १७ का उमेश मल्ल, सिस्ने गाउँपालिका-६ रुकुमकी वर्ष ११ की अरुणा गौतम, बाफीकोट गाउँपालिका-१ रुकुमका वर्ष १४ का निस्चल हमाल, बाग्चौर नगरपालिका-२ की वर्ष २ की ललिता बस्नेत , वर्ष २५ का सुरेन्द्र बस्नेत ,छत्रेस्वरी गाउँपालिका- १ दमाचौरका वर्ष ३१ का बिरेन्द्र चन्द , सिद्धकुमाख गाउँपालिका-१ का वर्ष १७ का बिरबहादुर बस्नेत, त्रिबेणी गाउँपालिका-६ का वर्ष ३३ का बसन्तजंग क्षेत्री, रुन्टीगढी गाउँपालिका-५ रोल्पाका वर्ष २५ का रन्जित बिक घाइते भएका छन् ।

उनीहरु सबैको बाग्चौर नगरपालिका-२ थारमारेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपछि गम्भीर घाइते भएका नौ जनालाई थप उपचारका लागि नेपालगन्ज र दाङ पठाइएको छ । बस अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु थिए ।

प्रकाशित : वैशाख ५, २०८१ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?