१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लागूऔषध सहित दुई जना पक्राउ

कमल पन्थी

बर्दिया — बढैयाताल गाउँपालिका-७ ताती गाउँ क्षेत्रमा गस्ती गर्ने क्रममा २ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित दुई जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध सहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले पक्राउ पर्नेमा मधुवन नगरपालिका-९ का ३० वर्षीय ईश्वर नेपाली र सोही ठाउँका २८ वर्षीय मनोज सुनारलाई उक्त पदार्थ सहित नियन्त्रणमा लिएको बताए ।

भारतको बलैगाउ हुँदै यहाँ आएका दुबै जनालाई प्रहरीको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान गरी कारवाही गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०८१ २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?