१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

मिस नेपाल इटहरी अडिसन मंगलबार

सुनसरी — मिस नेपालको इटहरीमा अडिसन मंगलबार हुने भएको छ । नेपालभरिका सुन्दरीहरू सहभागी गराउने गरी कोशी प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न इटहरीमा अडिसन हुने आयोजक द हिडन ट्रेजरले जनाएको छ । आयोजक हिडन ट्रेजरले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले इटहरीमा अडिसन गर्न लागिएको जनाएको छ ।

मिस नेपाल इटहरी अडिसन मंगलबार

यस वर्षको मिस नेपाल प्रतियोगितामा भाग लिन न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्नेछन् । आवेदनका लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ । देशका प्रमुख सहरमा अडिसन सकिएपछि फाइनल अडिसन जेठ ५ गते काठमाडौंमा हुनेछ । त्यहाँबाट छानिएका प्रतियोगीलाई ग्रान्ड फिनालेका लागि प्रशिक्षण दिइने बताइएको छ ।

आयोजकका अनुसार फिनाले साउन १९ गते गोदावरीमा हुनेछ । यस वर्षको प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन मुख्य विजेता घोषणा गरिनेछ ।

प्रकाशित : वैशाख २३, २०८१ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?