२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

सीजी फुड्समा भएको घटनाप्रति परिसंघको ध्यानाकर्षण

काठमाडौँ — चौधरी ग्रुपको सीजी फुड्समा गत शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय रहेको परिसंघले जनाएको छ ।

सीजी फुड्समा भएको घटनाप्रति परिसंघको ध्यानाकर्षण

देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघले माग गरेको छ । ‘हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्नेछ,’ परिसंघको विज्ञप्तीमा भनिएको छ,‘यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

प्रकाशित : वैशाख २३, २०८१ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?