२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

‘एभरेष्ट एक्सट्रिम १३५ माइल ट्रेल' जिरीबाट सुरु

दोलखा — जिरीबाट ‘एभरेष्ट एक्सट्रिम १३५ माइल ट्रेल’ म्याराथुन आइतबारदेखि सुरु भएको छ । कोभिडका कारण पाँच वर्षदेखि हुन नसकेको एभरेष्ट एक्सट्रिम म्याराथुनलाई चीनको गुविन अन्तर्राष्ट्रिय स्पोर्ट क्लब र नेपालको हिमालय ट्रेल रनिङले पुनः सुरु गरेका हुन् ।

‘एभरेष्ट एक्सट्रिम १३५ माइल ट्रेल' जिरीबाट सुरु

एभरेष्ट एक्सट्रिमको यो तेस्रो संस्करण हो । यो संस्करणमा विभिन्न ६ देशका १४ साहसिक धावक सहभागी भएका छन् । सन् २०१८ र सन् २०१९ पछि कोभिडले एभरेष्ट एक्सट्रिम ट्रेल हुन सकेको थिएन ।

एडमण्ड हिलारी र तेन्जिङ नार्गेले पहिलो पटक सगरमाथा चढ्दा प्रयोग भएको बाटोलाई संसारभर चिनाउन प्रतियोगितालाई निरन्तरता दिन लागेको हिमालयन ट्रेल रेसका पथप्रदर्शक विशाल बास्तोलाले बताए ।

‘विभिन्न देशमा सहासिक ट्रेलमा सहभागी भएका धावकहरु क्वालिफाएर भएर आएकालाई समावेश गरेका छौं,’ उनले भने, ‘यो पटक निरन्तरता दिन सुरु गरेका हौं, आउँदो वर्ष विश्वव्यापी साहसिक धावक सहभागी गर्ने तयारी थालेका छौं ।’

सहभागी धावकहरुले सगरमाथाको पुरानो बाटो मात्रै प्रयोग गर्नुपर्ने नियम छ । धावकहरुलाई पहिलानै विभिन्न स्थानमा बसेका पथप्रदर्शकले बाटो पहिचान गरिदिनेछन् । ।म्याराथुनमा २ वटा विधा समावेश गरिएको आयोजकले जनाएको छ ।

१ सय १३ माइलको म्याराथुन जिरीबाट सोलुखुम्बुको थामे, नाम्चे, रिन्जो ला पास हुँदै सगरमाथा वेसक्याम्प पुग्नु पर्नेछ त्यहाँबाट पुनः लुक्लामा आएर समापन हुनेछ ।


यस्तै १ सय माइलको म्याराथुनमा जिरीबाट सोलुखुम्बुको थामे, नाम्चेबाट सिधै लुक्लामा गएर समापन हुने उनले बताए । अघिल्लो संस्करणमा २०१९ मा १ सय ३५ माइलको म्याराथुन चीनका धावक ८४ घण्टामा लुक्ला पुगेका थिए ।

यो पटक १ सय ५० घण्टा अधिकतम समय राखिएको उनले बताए । प्रतियोगितामा रुस, अमेरिका, क्यानाडा, चीन, अष्ट्रेलिया र जापानका १० पुरुष र ४ महिला धावक सहभागी छन् । प्रतियोगिताको मुख्य उद्देश्य सगरमाथाको पुरानो बाटोलाई उत्कृष्ट ट्रेलका रुपमा चिनाउने रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : वैशाख २३, २०८१ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?