२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

सन् १८८९ आजकै दिन : चाप्लिनको जन्म 

काठमाडौँ — सन् १८८९ मा आजकै दिन (अप्रिल १६) मा हास्य अभिनेता चार्ली च्याप्लिनको जन्म भएको थियो । बेलायतको राजधानी लन्डनमा जन्मिएका चार्ली हास्यव्यंग्यका माध्यमबाट विश्व चर्चित बनेका थिए । 

सन् १८८९ आजकै दिन : चाप्लिनको जन्म 

चार्ली फिल्म निर्माता, पटकथा लेखक तथा सम्पादकसमेत थिए । उनको बुबा चार्ल्स स्पेन्सर चाप्लिन गायक तथा अभिनेता थिए भने आमा हन्ना चाप्लिन पनि गायन तथा अभिनयमा सक्रिय थिइन् । जसका कारण चार्लीले सानो उमेरदेखि नै अभिनय कला सिक्न पाएका थिए ।

१२ वर्षको हुँदा बुवा गुमाएपछि चार्ली चरम आर्थिक समस्याबाट गुज्रिएका थिए । लगत्तै आमा पनि बिरामी परेपछि चार्लीले घर चलाउन १३ वर्षको उमेरदेखि नै अभिनय सुरु गरेका थिए । चार्लीले १९४० मा जर्मन तानाशाह हिटलरबारे ‘द ग्रेट डिक्टेटर’ फिल्म बनाएका थिए । फिल्ममा हिटलरको मुख्य भूमिका चार्ली आफैंले निभाएका थिए । हिटलरलाई हास्य चरित्रमा प्रस्तुत गरेका चार्लीको अभिनयको निकै प्रशंसा भएको थियो ।

चार्ली संवादविहीन फिल्मका विश्वकै सबैभन्दा प्रभावशाली कलाकार हुन् । उत्कृष्ट अभिनय र मानिसलाई हँसाउने विलक्षण प्रतिभाका कारण चार्लीलाई १९७२ मा मानार्थ अस्कर अवार्डबाट सम्मानित गरिएको थियो । उनको १९७७ डिसेम्बर २५ मा स्विट्जरल्यान्डमा निधन भएको हो ।

प्रकाशित : वैशाख ४, २०८१ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?