चेस टोली शनिबार रुस जाने
काठमाडौँ — एसियन सिटी चेस टिम च्याम्पियनसिपमा भाग लिन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार रुस जाने भएको छ ।
अप्रिल २० देखि ३० सम्म हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले भाग लिने छन् ।
पुसमा भएको छैटौं तुल्सीलाल अमात्य स्मृति राष्ट्रिय क्लब टिम चेस प्रतियोगिताबाट खेलाडी छनोट गरिएको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जनाए । उक्त प्रतियोगितामा उनीहरूको टिम पहिलो भएको थियो । अफिसियलमा सजल कार्की छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे ।
प्रकाशित : वैशाख ७, २०८१ १९:४८प्रतिक्रिया