कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

राष्ट्रिय महिला भलिबल वैशाख १२ देखि

काठमाडौँ — सातौं केएनपी निरोलाक राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाख १२ देखि १५ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा २०७० सालदेखि हुँदै आएको प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले छैटौं टोलीका लागि अन्तिमसम्म प्रयास गरिने बताए । 

राष्ट्रिय महिला भलिबल वैशाख १२ देखि

नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष खड्काले आफ्नो बुवाको नाममा आयोजना गर्दै आएको प्रतियोगितामा साबिक विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता निश्चित भइसकेको बताए ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिने र दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । विजेताले ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ पाउने प्रतिष्ठानले जनाएको छ ।

‘सामाजिक दायित्व पूरा गर्नुपर्छ भनेर खोलिएको यस संस्थाले महिला सशक्तीकरण र क्षमता अभिवृद्धि गर्न महिला भबिलल प्रतियोगिता गर्दै आएका छौं,’ अध्यक्ष खड्काले भने, ‘गत वर्षको तुलनामा पुरस्कार राशिमा पनि वृद्धि गरेका छौं ।’

उनले जटिल आर्थिक परिस्थितिबीच पनि प्रायोजन क्रमलाई निरन्तरता दिएकोमा बहुराष्ट्रिय कम्पनी केएनपी निरोलाक पेन्टलाई धन्यवाद भने ।

पत्रकार सम्मेलनमै शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र केएनपी निरोलाक कम्पनीबीच सम्झौता भएको छ । प्रतिष्ठानबाट संरक्षक गमली खड्का र केएनपी निरोलाकका कन्ट्री हेड मनोजकुमार मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरे । अनुमानित ५० लाख बजेट रहेको प्रतियोगिताको पुरस्कार राशि १३ लाखभन्दा बढी छ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा एकजना राष्ट्रिय खेलाडीलाई ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ । ‘यो प्रतियोगिताले जुन स्तर र उचाइ बनाएको छ, त्यसले भलिबल संघलाई पनि राम्रो प्रतियोगिता गर्न चुनौती दिएको छ,’ भलिबल संघका उपाध्यक्ष एवं राष्ट्रिय टोलीका पूर्वकप्तान भरत शाहले भने ।

प्रकाशित : वैशाख ५, २०८१ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?