कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

आईपीएल २०२४ : बटलरको शतकमा राजस्थानको रोमाञ्चक जित

एजेन्सी

कोलकाता — जस बटलरलको शतकको मद्दतले राजस्थान रोयल्सले आईपीएल २०२४ मा मंगलबार कोलकाता नाइटराइडर्समाथि रोमाञ्चक दुई विकेटको जित हात पारेको छ । लिग तालिकाको शीर्षमा रहेको राजस्थानको जित अन्तिम बलमा सम्भव भएको हो । यो जितपछि उसको सात खेलबाट १२ अंक भएको छ ।

आईपीएल २०२४ : बटलरको शतकमा राजस्थानको रोमाञ्चक जित

कोलकाता भने आठ अंकमा दोस्रो स्थानमा कायम छ । इम्पाक्ट सब्टिच्युटका रूपमा मैदानमा प्रवेश गरेका बटलरले ६० बलमा १ सय ७ रन बनाए । उनले नौ चोका र छ छक्का प्रहार गरे । नटआउट रहेका इंग्लिस ब्याटर ‘प्लेयर अफ द म्याच’ रहे । उनकै प्रदर्शनको मदतले २ सय २४ रनको लक्ष्य पाएको राजस्थानले आठ विकेट गुमाएर त्यसलाई हात पारेको थियो ।

इनिङ्सले १३ ओभर छुँदा राजस्थान छ विकेट गुमाएर १ सय २१ रनको स्थितिमा थियो र उसमाथि हारको डर थियो । तर बटलरले त्यसपछि उत्कृष्ट आक्रामक ब्याटिङ गरे । त्यस अगाडि कोलकाताले सुनिल नारानको १ सय ९ रनको मदतले छ विकेटमा २ सय २३ रन बनाएको थियो । वेस्ट इन्डिज ब्याटरले ५६ बलमा १३ चौका र छ छक्का प्रहार गरे ।

प्रकाशित : वैशाख ५, २०८१ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?