कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

आरसी-३२ नौ अंकसहित शीर्षमा

काठमाडौँ — आरसी-३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा मंगलबार लगातार तेस्रो जित निकालेको छ । यस जितसँगै ९ अंकसहित टिम लिग तालिकाको शीर्ष पनि उक्लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो ।

आरसी-३२ नौ अंकसहित शीर्षमा

यस जितमा विवेक राईले निर्णायक गोल गरे । विवेक सन्तोषीको सुरुआती फ्रि–किकलाई महावीरका गोलरक्षक आशिब राईले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् र त्यसमै फुत्केको बलमा विवेकले गोल गरेका हुन् ।

हारले महावीर दुई अंकमै सीमित रह्यो । उसले सुरुआती दुई खेल भने बराबरी खेलेको थियो । अर्को खेलमा बागमतीले सामाजिकलाई २–० ले हरायो । यो सफलतापछि उसको छ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।

उसका लागि निर्मल बलले सातौं मिनेटमा पहिलो गोल गरेपछि श्याम धिमालले ३४ औं मिनेटमा दोस्रो गोल थपे । सामाजिक भने एकं अंकमा सीमित छ र यो तेस्रो खेलमा उसको दोस्रो हार हो । सामाजिक रेलिगेसनमा क्षेत्रमा पनि रहेको छ ।

प्रकाशित : वैशाख ४, २०८१ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?