२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने

काठमाडौँ — ओलम्पियन पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा ओलम्पिक दीप प्रज्वलन गर्ने भएकी छन् ।

पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने

मंगलबार हुने उद्घाटन समारोहमा उनले दीप प्रज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई दशरथ रंगशालाको ट्र्याकमा परिक्रमा गराइने भएको छ ।

टर्च परिक्रमामा ओलम्पियन जुडोकी देवु थापा, भारोत्तोलनका कमलबहादुर अधिकारी र एथलेटिक्सका हरि रिमाल सहभागी हुनेछन् । परिक्रमापछि टोकियो ओलम्पिक खेलेकी पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने छन् । दीप प्रज्वलन कार्यक्रमको संयोजन नेपाल ओलम्पियन्स संघले गरेको राखेपले जनाएको छ ।

चीनको तायाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी छन् ।

पलेशा चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी थिइन् । चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा उनले जितेको कांस्य नेपालको पहिलो पारा एसियाड पदक थियो । ऐतिहासिक जितेकी थिइन् । मंगलबार सुरु हुने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।

चीनमा अध्ययनरत पलेशा पेरिस ओलम्पिक तयारीका लागि आइतबारमात्र नेपाल आइपुगेकी हुन् ।

प्रकाशित : वैशाख ३, २०८१ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?