२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

भुइँखेल काठमाडौं र फ्रेन्डसीप तनहुँ सेमीफाइनलमा

आश गुरुङ

लमजुङ — सुखी गाउँले चिनिएको लमजुङको घलेगाउँमा जारी सातौं स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलबाट भुइँखेल फुटबल क्लव काठमाडौं र फ्रेन्डसीप युवा क्लव तनहुँ सेमी फाइलनमा प्रवेश गरेका छन् ।

भुइँखेल काठमाडौं र फ्रेन्डसीप तनहुँ सेमीफाइनलमा

स्वर्गभूमि रंगशालामा भएको पहिलो खेलमा भुइँखेल काठमाडौंले त्रिवेणी युवा क्लव बेंसीसहरलाई ३–० गोल हन्तरले हरायो । पहिलो हाफ ४० मिनेट गोलरहित बराबरी खेलेकोमा दोस्रो हाफको ११, १८ र ३० औं मिनेटमा भुइँखेलका तर्फबाट विदेशी खेलाडी रिचर्ड विलियमले ३ गोल गरे ।

यसअघि देवदह नगरपालिकालाई जितेर आएको त्रिवेणी युवा क्लव भुइँखेलसंगको खेलमा स्तब्ध बन्यो । खेलमा रिचर्ड विलियम म्यान अफ दि म्याच घोषित भए ।

अर्को खेलमा फ्रेन्डसीप युवा क्लव तनहुँले बुद्ध युवा क्लव भोटेओडार लमजुङलाई ७–१ को फराकिलो गोलअन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । खेलको सुरुवाती ७ मिनेटमा फ्रेन्डसीपका बिकी चाम्लिङ राइले गोल खाता खोले । त्यसपछि लगातार ६ गोल गर्दै फ्रेन्डसीपका विदेशी खेलाडी अबायोमी फाकुण्डेले हृयाट्रिक गरे ।

उनले दोस्रो हाफको ११, १५, १६, १८, ३० र ३६ औँ मिनेटमा गोल गरे । बुद्ध युवा क्लवका अनिष तामाङले खेलको अन्तिम समय दोस्रो हाफको ३९ औं मिनेटमा १ गोल गरी टीमलाई शुन्य हुनबाट जोगाए । खेलमा अबायोमी फाकुण्डे म्याद अफ दि म्याच घोषित भए ।

मंगलबारको पहिलो खेल बेंसीसहर युथ सोसाइटी र भरतपुर फुटबल क्लवबीच बिहान ११ बजे हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल र द्वितीय पुरस्कार ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ ।

सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०/१० हजार रुपैयाँ र मेडल प्रदान गरिने आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउाका अध्यक्ष प्रेम घलेले बताए ।

प्रकाशित : वैशाख ३, २०८१ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?