अपांगता भएकालाई सवारी लाइसेन्स दिन राज्य उदासिन
कीर्तिपुरका २६ वर्षीय राज श्रेष्ठ ‘ख’ वर्गको अपांगता परिचयपत्र वाहक हुन् । टेकुस्थित नेपाल आयल निगममा कार्यरत उनी चारपाङ्ग्रे स्कुटर (दुई पांग्रे स्कुटरको दायाँबायाँ दुई पांग्रा थपेर बनाइएको) चलाउँथे । स्कुटर चलाउने क्रममा दुर्घटनामा परेपछि सुरक्षित हुने सवारी चलाउने सोच बनाएर उनले साथीभाइको गाडी चलाउन सिके । सडकमा गाडी चलाउन सक्ने आत्मबल भएपछि तीन महिनाअघि विद्युतीय कार किने ।