सत्तारुढ दल जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ पार्टी
सत्तारुढ जनता समाजवादी पार्टी विभाजित भएको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।
सत्तारुढ जनता समाजवादी पार्टी विभाजित भएको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।
नेपालको एक दिने भ्रमणमा रहेकी जापानकी विदेशमन्त्री योको कामीकावाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दाहालसँग आइतबार भेटवार्ता गरेकी हुन् ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको स्वामित्वमा रहेको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड स्थापना गर्नुपर्ने बताएका छन् ।
जैमिनी नगरपालिका–१ टारकी कक्षा ८ पढ्ने सोनम नेपाली साँझ-बिहान गृहकार्य गर्न छाडेर पानी बोक्नु हिँड्नु परेको छ । उनी हरेक दिन बिहान खोल्साबाट एकखेप पानी ल्याएपछि मात्रै विद्यालय जान पाउँछिन् । उनकी छिमेकी सोनु नेपाली पनि पानी बोक्दै समय जाँदा नियमित पढ्न लेख्न नपाएको गुनासो गर्छिन् ।
अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उहाँको पार्टी नेकपा (माओवादी केन्द्र) सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।
संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए ।
नेकपा एमाले पश्चिम नवलपरासीको नवौं अधिवेशनबाट अध्यक्षमा दिपेन्द्रकुमार अधिकारीसहित १ सय ५ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामीकावाबीच आइतबार भेटवार्ता भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।
सत्ता गठबन्धनमा फेरबदल र प्रशासनिक नेतृत्व पनि बदलिइराख्दा मधेस प्रदेशमा आर्थक वर्ष २०८०/०८१ को १० महिनामा करिब १५.९६ प्रतिशत मात्र बजेट खर्च भएको छ । मन्त्रालयहरुमा सचिव र कर्मचारी समेत पर्याप्त नहुँदा प्रदेश सरकारको बजेट खर्च प्रभावित बनेको हो ।