कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमाक्षेत्रमा सुरक्षा सतर्कता

मोरङ — अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी 'नेपालको बाटो हुँदै आतंकवादी भारत प्रवेश गर्न सक्ने' भन्दै भारतीय सुरक्षाकर्मीले दुई दिनयता सीमा नाकामा सर्तकता बढाएको छ ।

यस्तै संविधान निर्माणको तिथि माघ ८ नजिकिँदै गर्दा नेपाली सुरक्षाकर्मीले पनि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सतर्कता बढाएको छ ।
मोरङसित जोडिएका नाकामा भारतीय सीमा सुरक्षा बलले जाँचमा कडाइ गरेको हो । सीमा प्रहरी चौकी रानीका नायब निरीक्षक अनिरुद्र भुजेलका अनुसार अंग्रेजी नयाँ वर्ष नजिकिएसँगै भारतीय सुरक्षाकर्मीको निगरानी पनि बढेको छ ।
मोरङका डीएसपी प्रभुप्रसाद ढकालका अनुसार अंग्रेजी नयाँ वर्ष र माघ ८ लाई लक्षित गरी दुवै देशका सुरक्षाकर्मीबीच समन्वय भई सतर्कता बढाएको हो । उनका अनुसार नयाँ वर्षका बेला नेपालको बाटो हुँदै आतंकवादी भारत पस्न नसकुन् भन्ने उद्देश्यले भारतीय सुरक्षाकर्मीले आफूहरूसित समन्वय र सूचना आदानप्रदान गरिरहेका छन् । दुई दिनअघि मोरङ प्रहरीले जिल्लास्थित आफ्ना सबै युनिट प्रमुखलाई भेला गरी माघ ८ लाई लक्षित गरी सर्तक र तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।
यस्तै स्थानीयस्तरमा रहेका युनिटलाई पनि योजनाबद्ध ढंगले सुरक्षा मिलाउन निर्देशन दिएको छ । संविधान जारी भई वा नभए कुन अवस्थामा कस्तो सुरक्षा चुनौती आउँछ सोहीअनुसार सतर्कता अपनाउने योजना बनाएको डीएसपी ढकालले बताए ।

प्रकाशित : पुस १७, २०७१ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?