कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

बलात्कारपछि किशोरी हत्या आरोपमा एक जना पक्राउ 

मनोज बडू

दार्चुला — बैतडीको पुर्चौडी नगरपालिका–४ मा किशोरीलाई बलात्कारपछि हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । युवतीका आफन्तले स्थानीय ३० वर्षीय युवकविरुद्ध हाडनाता  करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेपछि युवकलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार किशोरीमाथि बलात्कारपछि हत्या गरेको आरोपमा युवकलाई पक्राउ गरेको गरिएको छ । मृतकको बुवाबाट हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेपछि सोमबार प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको टोलीले पुर्चौडीबाट ती युवकलाई नियन्त्रण लिएको बैतडी प्रहरीका प्रवक्ता खेमविक्रम केशीले बताए ।

पुर्चौडी नगरपालिका–४ रातामाटाकी किशोरी चैत्र २८ गते जंगलमा मृत फेला परेकी थिइन् । बेपत्ता भएको तीन दिनपछि किशोरी जंगलमा मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी अनुसन्धानमा काका नाता पर्ने ती युवकले ललाइफकाइ, धम्की दिएर पटक–पटक बलात्कार गर्दा किशोरी गर्भवती भएको देखिएको छ ।

डडेलधुरा अस्पतालमा गरिएको पोस्टमार्टममा किशोरीको पेटमा १८ हप्ताको गर्भ फेला परेको प्रहरीले जनाएको छ । किशोरीले गर्भपतन गर्न नमानेपछि जंगलमा लगेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता केसीले बताए । उनले भने, ‘पुर्चौडी स्वास्थ्य चौकीमा गर्भपतन गराउने प्रयास गरेको रहेछ । उक्त प्रयास असफल भएपछि काकाले ढुंगाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने । प्रवक्ताको भनाई छ । अभियुक्तविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ४, २०८१ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?