कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

७२ घण्टाका लागि भारतसितका नाका बन्द

मनोज बडू

दार्चुला — भारतसित सीमा नाका जोडिएका नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा लोकसभाको निर्वाचन हुने भएपछि सीमा जोडिएका जिल्लाका नाकाहरु बन्द गरिएको हो । 

७२ घण्टाका लागि भारतसितका नाका बन्द

भारतको उत्तराखण्ड राज्यमा वैशाख ७ गते हुने लोकसभाको निर्वाचनलाई मध्यनजर गरी भारतसित सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै भारतमा अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार साँझ ७ देखि वैशाख ७ गते साझ ७ बजेसम्म भारतसित सीमा जोडिएका नाका बन्द गरिएको जनाएको छ ।

जिल्लाका सीमा जोडिएका सदरमुकाम खलंगाको पुलघाट, ब्यास गाउँपालिकाका सीतापुल, माल, मल्घट्टा, तिग्रम, बडूगाउँ, दत्तु, जौलजीवी, बाकु र लालीका नाका ७२ घण्टाका लागि बन्द गरिएका छन् ।

प्रकाशित : वैशाख ४, २०८१ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?