कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

तरूण दल सदस्य गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान 

सुर्खेत — तरूण दल सुर्खेतका सदस्य एवम् निर्माण व्यवसायी विनोद गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान भएका छन् । 

जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा राख्न न्यायाधीश मनोज श्रेष्ठले आदेश दिएअनुसार कारागार चलान भएको बताए । कारागार चलान हुनेमा भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगन्जका मुख्य सुटर १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका २ का १८ वर्षीय इन्द्र विक, १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर ४ का ३७ वर्षीय राजन गिरी छन् ।

फागुन १२ गते साँझ वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद गिरी चढेको वाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा गोली हानिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटरसाइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए ।

गिरीले भने प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा गोलीकाण्डको मुख्य नाईके खुलेआम घुमिरहेको बताए । ‘प्रहरीले मुख्य योजनाकार प्रकाउ गर्न आलटाल गरेको छ, प्रहरीलाई सबै थाह छ तर पनि किन प्रकाउ गर्न सकेन यो रहस्यमय छ,’ गिरीले भने, ‘भोलि यस्तै अर्को घटना भए को जवाफदेही हुने ।’

प्रकाशित : वैशाख ४, २०८१ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?