कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कपिलवस्तु नगरपालिकाकी उपमेयरविरुद्ध अभद्र व्यवहारको उजुरी 

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका उपमेयर सुनिता गुप्तालाई कारबाही माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ । बुधबार आयोजित १५औं नगरसभामा मेयर तथा नगरसभा सदस्यविरुद्ध अभद्र व्यवहार गरेको भन्दै गुप्तालाई कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको हो । नगरपालिकाका ८ जना वडाध्यक्ष तथा ६ जना कार्यपालिका सदस्यले हस्ताक्षरसहित उजुरी दिएका हुन् । 

कपिलवस्तु नगरपालिकाकी उपमेयरविरुद्ध अभद्र व्यवहारको उजुरी 

निवेदकले दिएको उजुरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । घटनाबारे आवश्यक प्रमाण संकलन, कार्यक्रममा उपस्थित भएकासँग सोधपुछ र जानकारी लिने काम भइरहेको उनले बताए ।

रोस्ट्रममा बोल्दाबोल्दै उपमेयर गुप्ताले मेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीलाई आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरी भ्रष्टाचारको अखडा बनाएको आरोप लगाएकी थिइन् । उनले चप्पल निकालेर प्रहार गर्ने प्रयास पनि गरेकी थिइन् ।

कार्यपालिका सदस्यले उनलाई सभाहलबाट बाहिर निकालेपछि घटना सामसुम भएको थियो । मेयर सुदीप पौडेलले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । मेयर र उपमेयर दुवै जसपाबाट निर्वाचित हुन् ।

प्रकाशित : वैशाख ५, २०८१ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?