२३ किलो लागूऔषध चरेससहित एक पक्राउ
बर्दिया — सशस्त्र प्रहरी बलले नेपालबाट भारत लैजाँदै गर्दा २३ किलो चरेस बरामद गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका २ फटाहास्थित नेपाल-भारत सिमानामा मंगलबार बिहान ४ बजेतिर चरेससहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।
सशस्त्र प्रहरी बलले जाँच गर्दा रुकुम पश्चिम सानोभेरी गाउँपालिका ५ का ३४ वर्षीय बमबहादुर पुनलाई पक्राउ गरेको ३१ नम्बर गणका गणपति चित्रांग दाहालले बताए । उनको २ वटा झोलाबाट ३९ प्याकेटमा चरेस बरामद गरिएको हो । पक्राउ परेका पुनलाई कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको उनले जनाए ।
सोही ठाउँमा गत चैत १९ गते दाङ लमही नगरपालिका ४ की ४५ वर्षीया आशा राईबाट ५ किलो ९ सय २९ ग्राम चरेस बरामद गरेको थियो ।
प्रकाशित : वैशाख ४, २०८१ १०:०३प्रतिक्रिया