स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ
स्याङ्जा — स्याङ्जा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ११ सुम्रेखोलास्थित डियुटीमा खटिएको प्रहरीको टोलीले शंका लागेपछि चेक गर्दा बिहीबार साँझ पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट १० वटा नुरफिन १४ वटा एम्पुल, फेनारगन १२ वटा र डाईजेपाम १३ एम्पुल गरी ३९ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई प्रहरीले आज नै जिल्ला अदालत स्याङ्जामा लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरेको रानाले बताए ।
प्रकाशित : वैशाख ७, २०८१ १८:३४प्रतिक्रिया