गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा
कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडालाई नियुक्त गरेका छन् ।
गत चैत २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता हरिबहादुर चुमानले पहिले नै निर्णय भएको जानकारी दिए । उनलाई मुख्यमन्त्री अधिकारीले मंगलबार बिहान शपथ खुवाएका छन् ।
सोही बैठकले सदस्यमा सुवास अधिकारीलाई नियुक्त गरेको छ ।
प्रकाशित : वैशाख ४, २०८१ ०९:०६प्रतिक्रिया