कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

जनमत पार्टीका सांसदले रोस्ट्रम घेराउ गरेपछि मधेश प्रदेशसभा बैठक स्थगित

अजित तिवारी

जनकपुर — जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । 

जनमत पार्टीका सांसदले रोस्ट्रम घेराउ गरेपछि मधेश प्रदेशसभा बैठक स्थगित

मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिन मंगलबार २ बजे सुरु भएको प्रदेशसभाको बैठकमा जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले हमलाको संसदीय छानबिन समिति, रकमान्तरको छानबिन गर्न बनेको संसदिय समितिको प्रतिवेदन सार्वजनिक र कार्य व्यवस्था परामर्श समितिको बैठक नबसी मंगलबार प्रदेशसभाको बैठक डाकिएकोमा आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

जनमत पार्टीका सांसदहरू आ–आफ्नो ठाउँबाट उभिएर बैठक चल्न नदिने अडान लिएपछि एमालेका सांसद दीपेन्द्र ठाकुरले जनमत पार्टीका तत्कालीन मन्त्री महेशकुमार यादवमाथि भएको कुटपिट व्यक्तिगत रहेको र व्यक्तिगत विषयमा संसद् अवरोध गर्न नपाइने बताएपछि जनमत र कांग्रेसका सांसदहरु आक्रोशित हुँदै रोस्ट्रम घेराउ गरेका थिए । रोस्ट्रम घेराउपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

प्रकाशित : वैशाख ४, २०८१ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?