कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशसभा बैठकबाट जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलाई सभामुख रामचन्द्र मण्डलले निष्कासन गरेपछि नेपाली कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

काग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बैठक बहिष्कार गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद उपेन्द्र महतोले संसद्मा प्रतिपक्ष नभएपछि आफूहरूले पनि बैठक बहिष्कार गर्ने बताएका थिए ।

धकेलाधकेलबीच रोस्ट्रम जाने बाटो बदलेर मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि मधेश प्रदेशसभामा विवाद उत्पन्न भएको हो । सांसदहरूले सभामुखको माइक र बत्तीसमेतमा तोडफोड गरेका थिए ।

जनमत, कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरे पनि सभामुख मण्डलले मुख्यमन्त्री यादवले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई अगाडि बढाएका छन् ।

प्रकाशित : वैशाख ४, २०८१ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?