कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चैते छठको रौनक [तस्बिरहरु]

सुनिता बराल

महोत्तरी — महोत्तरीका विभिन्न नदी र पोखरीमा चैते छठको रौनक देखिएको छ । आइतबार साँझ सुर्यलाई अर्घ दिन छठ घाटहरूमा भेला भएका श्रद्धालुले अस्ताउँदो सुर्यलाई अर्घ दिएका छन् । चैत्र शुक्लपक्ष चतुर्थीका दिन महाखाय गरेर सुरु भएको चैते छठ सोमवार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ ।  महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर पोखरी, औरही शिवमन्दिर पोखरी, बर्दिवास पोखरी लगायतका पोखरीमाहरुमा छठको रौनक देखिएको छ ।

 जिल्लाका रातु, जंगाहा लगायतका पोखरीमा पानी सुकेपछि पोखरीमा छठ घाट राखिएको औरही १ घर भएकी सावित्री देवी चौधरीले बताइन् । जिल्लाका नदीहरुमा पानी सुक्दै गएपछि मटिहानीको लक्ष्मी सागरमा नगरले नै सरसफाइ र पोखरी सिंगारेर छठ मनाउने बाताबरण बनाएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए । छठले पारिवारिक सुख, शान्ति, समृद्धि,सन्तान प्राप्ति, रोग नलाग्ने र पारिवारिक कल्याण हुने मान्यता रहेको छ । 

प्रकाशित : वैशाख २, २०८१ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्