कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मर्स्याङ्दी जलाशयमा मोटरबोट [तस्बिरहरू]

कान्तिपुर संवाददाता

आँबुखैरेनी — पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा ल्याएको हो ।

गन्डकी प्रदेशका विना विभागीयमन्त्री हरिबहादुर चुमानले आइतबार मोटरबोटको उद्घाटन गरेका हुन्। लामो समयको प्रयासपछि मोटरबोट संचालनमा आएको चुमानले बताए । पर्यटकीय राजधानी घोषित गन्डकी प्रदेशका अन्य स्थानमा पनि बिभिन्न पर्यटकीय गतिविधि सुरु गर्ने चुमानको भनाइ छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनीलाई गण्डकी प्रदेशको पोखरापछिकै पर्यटकीय केन्द्राका रुपमा विकसित गर्ने कामको थालनी भएको दाबी गरे । बोटेबोरा कम्पनीका अध्यक्ष विष्णुबहादुर ढकालले करिब एक करोड रुपैयाँको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको बताए । तत्कालका लागि नेपाल सिप एन्ड बोट बिल्डिङले कम्पनीले बनाएका दुई मोटरबोट 'अग्नि' र 'फिस्टेल' ले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २ सय ५० रुपैयाँमा ६ देखि ८ मिनेटसम्म, ५ सय रुपैयाँमा १० देखि १२ मिनेट र एकहजार रुपैयाँमा १५ देखि २० मिनेटसम्म मोटरबोट सयर गर्न सकिन्छ । कम्पनीले जलाशय किनारमा रेस्टुरेन्ट, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितका संरचना निर्माण गर्ने ढकालले बताए । बोटेबोराले यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट, सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको छ । कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउँदैछ ।


प्रकाशित : वैशाख २, २०८१ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्