कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

७ महिनामा लेक लागेर मुस्ताङमा ११ पर्यटकको मृत्यु 

म्याग्दी — मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।

७ महिनामा लेक लागेर मुस्ताङमा ११ पर्यटकको मृत्यु 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको असोज ११ गतेदेखि चैत मसान्तसम्ममा मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन । मृत्यु हुनेमा ७ जना भारतीय, तीन जना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक छन् ।

चैत महिनामा मात्र ६ जना तीर्थयात्रु/पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गर्त वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो ।

त्यसैगरी प्रहरी अभिलेखअनुसार गत वर्ष आव ०७९/८० मा मुस्ताङ घुम्न आएका विभिन्न देशका गरी १२ जना तीर्थयात्रु/पर्यटकको लेक लागेर मुत्यु भएको थियो । आव ०७८/०७९ मा लेक लागेर ज्यान गुमाउनेको संख्या ६ जना थिए । पछिल्लो तीन वर्षमा मुस्ताङ आएका २० जना भारतीय, ७ जना नेपाली, एक थाई र एक युक्रेनीगरी २९ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा अधिकांश ६० वर्ष माथिका छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, १ झारकाोटस्थित श्वास्थ्यचौकीका प्रमुख अहेव सुवास अधिकारीका अनुसार तल्लो क्षेत्रबाट गाडीमा एक्कासि ३ हजार मिटरभन्दा बढी उचाइमा पुग्दा श्वासप्रश्वास र स्वास्थ्यमा समस्या हुने र मृत्यु हुने गरेको छ । चालु वर्षको पछिल्लो ९ महिनासहित दुई वर्षमा लेक लागेर मृत्यु हुने मध्य ११ जनालाई रानीपौवादेखि मुक्तिनाथ मन्दिरमा पुग्दासम्म लाग्ने गरेको छ ।

रानीपौवा मुक्तिनाथमुनि रहेको बसपार्क क्षेत्र हो । रानीपौवामा गाडीबाट ओर्लेर पैदल मुक्तिनाथ मन्दिर चढ्नु पर्ने भएकोले सोही समयमा तीर्थयात्रुलाई लेक लाग्ने गर्छ ।

मुस्ताङ घुम्न वा तीर्थाटनमा आएका पर्यटकहरूले जोमसोम वा कागबेनीमा एक रात बसेर मौसमसँग घुलमिल भई अर्को दिन मात्र मुक्तिनाथ उक्लनु पर्नेमा ट्राभल कम्पनी/गाडीवालाहरूले यात्रुलाई पोखरा वा सोभन्दा तलको हावापानीबाट सोझै मुक्तिनाथ गाडीमा पुर्‍याएर ओराल्ने गरेकोले लेक लाग्ने समस्या आउने गरेको जिल्ला प्रहरी प्रमुख भोजराज पाण्डेले बताए ।


प्रकाशित : वैशाख ४, २०८१ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?