कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

त्रिवि सेवा आयोग सदस्यमा ८ प्राध्यापकको प्रतिस्पर्धा

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य बन्न आवेदन दिएका मध्ये ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले कार्ययोजना सहितको सोचपत्र प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उनीहरुलाई आउँदो शुक्रबार र शनिबार शिक्षा मन्त्रालयमा डाकेको छ ।

त्रिवि सेवा आयोग सदस्यमा ८ प्राध्यापकको प्रतिस्पर्धा

सहकुलपति तथा शिक्षामन्त्री सुमना श्रेष्ठ अध्यक्षताको समितिको सिफारिसको आधारमा कुलपति तथा प्रधानमन्त्रीले आयोगको सदस्य नियुक्ति गर्ने व्यवस्था छ । आयोगको अध्यक्षमा गत भदौमा प्रा.डा घनश्याम भट्टराई नियुक्त भएका थिए ।

सदस्यका लागि प्रा.डाहरू खगेन्द्रप्रसाद लुईंटेल, राजनारायण यादव, मुकुन्दप्रसाद क्षेत्री, लालप्रसाद अम्गाईं, सञ्जय आचार्य, अजय भट्टराई, ज्ञानबहादुर थापा र नवराज कट्टेलको दरखास्त समितिले स्वीकृत गरेको जनाएको छ । सदस्य सिफारिसका लागि समितिले आवेदन माग गरेको थियो । प्रस्तुतीकरण, अन्तर्वार्ता र सिफारिसपछि उनीहरुमध्ये एकजना सदस्य नियुक्त हुनेछन् । त्रिविमा शिक्षक तथा कर्मचारीहरुको नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्न ३ सदस्यीय आयोग हुने व्यवस्था छ । आयोगको अध्यक्ष र एक सदस्य कुलपतिले नियुक्त गर्छन् भने एक सदस्य लोक सेवा आयोगका सदस्यबाट चयन गरिन्छ । कुलपतिबाट नियुक्त अध्यक्ष र सदस्यको पदावधि ३ वर्षको हुने व्यवस्था छ । सदस्य पद गत मंसिरदेखि रिक्त छ ।

प्रकाशित : वैशाख ४, २०८१ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?