कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : स्वार्थको द्वन्द्व हुनेगरी लामिछानेलाई गृहमन्त्री किन नियुक्त गर्नुभयो ?

काठमाडौँ — सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग कांग्रेसले गरेको छ । 

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : स्वार्थको द्वन्द्व हुनेगरी लामिछानेलाई गृहमन्त्री किन नियुक्त गर्नुभयो ?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसले सहकारी सदस्य नहुँदा पनि देशका प्रमुख सहरहरूमा खोलिएका सहकारीबाट लामिछानेले रकम झिकेको र ती सहकारी समस्यामा परेको बताएको छ ।

नेपाल प्रहरीको सीआईबीले अनुसन्धान अगाडि बढाएको अवस्थामा लामिछानेलाई गृहमन्त्री बनाएकोमा कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गरेको हो । कांग्रेस सांसद दीपक गिरीले भने, 'अहिले स्वार्थको द्वन्द्व हुनेगरी प्रधानमन्त्रीले लामिछानेलाई गृहमन्त्री किन नियुक्ति गर्नुभएको हो ? सदनमा आएर जवाफ दिनुपर्‍यो, बाहिर फायरसाइडमा दिएर हुँदैन । यहाँ आएर आफ्नो कुरा राख्नुस् भन्दाखेरि प्रधानमन्त्रीले संसद्को अवहेलना गर्नुभएको हो कि सम्मान गर्नुभएको हो ?'

लामिछानेले पोखरा, बुटवल र काठमाडौंका ठूला सहकारीबाट गैरकानुनी रूपमा रकम लिएको भन्दै अहिले गृहमन्त्रीबाट राजीनामा गर्नुपर्ने माग गरेको छ । लामिछानेलाई गृहमन्त्रीमा राखिरहँदा सहकारी ठगविरुद्धको मुद्दा अगाडि नबढ्ने सांसद गिरीले बताए । 'सहकारीले गैरसदस्य कारोबार गर्न नमिल्ने र त्यसो गरिएको पाइए कानुन बमोजिम कारबाही हुन्छ,' उनले भने ।

जिबी राईले मुलुकका ठूला सहरहरूमा सहकारी खोलेर बचतकर्ताको रकम हिनामिना गरेको गिरीले बताए । त्यतिबेला राईका व्यापारिक साझेदार रहेका लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष भूमिका रहेको गिरीले बताए । 'राजीनामा दिनैपर्छ भन्ने हाम्रो मनसाय छ । स्वार्थको द्वन्द्व हुनेगरी लामिछानेलाई गृहमन्त्री किन नियुक्त गर्नुभयो ?,' कांग्रेस सांसद गिरीले माग गरे ।

प्रकाशित : चैत्र ६, २०८० १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?