२४ घण्टाभित्र भ्रामक अडियो हटाउन 'सिधाकुरा' लाई प्रेस काउन्सिलको निर्देशन
प्रेस काउन्सिल नेपालले एक्सक्लुसिभ भन्दै 'सिधाकुरा डटकम'ले शुक्रबार बिहान सम्प्रेषण गरेको भ्रामक सामग्रीको अडियो २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।
प्रेस काउन्सिल नेपालले एक्सक्लुसिभ भन्दै 'सिधाकुरा डटकम'ले शुक्रबार बिहान सम्प्रेषण गरेको भ्रामक सामग्रीको अडियो २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतका न्यायाधीशदेखि आफूसमेतलाई जोडेर 'फेक न्युज' उत्पादन तथा सम्प्रेषण' गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।
सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।
माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित खड्ग बस्नेत अन्ततः मन्त्री बन्न सफल भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ का ३७ वर्षीय बस्नेतलाई गत बिहीबार विनाविभागीय मन्त्री बनाइएकामा बुधबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको हो ।
नेपाल बाल संगठनले बृहस्पति विद्या सदनलाई ९० वर्षका लागि यसअघि भएको लिज सम्झौता खारेज गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले 'सिधाकुरा डट कम' बाट भ्रामक सामग्री सम्प्रेषण भएको भन्दै भर्त्सना गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता तथ्यहीन सामग्रीमा आफ्ना नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध भएको उल्लेख गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताए ।
पहिलो र दोस्रो अनुमतिपत्र नवीकरण शुल्क किस्ताबन्दीमा तिर्ने सुविधा पाएको नेपाल टेलिकमलाई हाल सरकार र नियामक निकायले तेस्रो नवीकरणबापत बाँकी रहेको रकम एकमुष्ट दाखिला गर्न भनेसँगै विवाद सुरु भएको छ । सरकारको यस्तो निर्देशनले नेपाल टेलिकमको भविष्य नीतिगत तथा प्रविधिजन्य चुनौतिका कारण अनिश्चयमा परेको भन्दै टेलिकमका क्रियाशील कर्मचारी संगठनहरूको शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जंगबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ ।