Kantipur

Kantipur

मिति | २०७० जेष्ठ १०, शुक्रबार     Login | Register
खेलकुद»

अन्तर्राष्ट्रिय हात्ती दौड

  • सात घरेलु हात्ती अघिल्लो चरणमा
सौराहा -चितवन, पुस ११ -
गत वर्षको वर्चस्वलाई निरन्तरता दिँदै विभिन्न ७ घरेलु प्रतिष्ठानसहित १२ हात्ती बुधबार नवौं अन्तर्राष्ट्रिय हात्ती दौडको अघिल्लो चरणमा प्रवेश गरेका छन् । प्रतिस्पर्धात्मक दौडमा ठूला हात्तीले एथलेक्टिसको नियमअनुसार दूरी पार गरेको हेर्न हजारौं उपस्थित थिए । बाघमारा सामुदायिक वनको मैदानमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न प्रतिष्ठान प्रतिनिधित्व गरेका घरेलु चितवन निकुञ्जको एकताकली, होटल बाराही पोखराको बहादुरगन्ज, हिमालयन इन्कान्टरको ब्युटिकली, हिमालयन डिस्टिलरीको रानीमाया कली, हाम्रो बजार डटकमको जानकी कली, हेराल्ड ट्राभलको बिजुली कली, टानको कृतिकली र रिभरसाइड स्पि्रङ रिसोर्ट कुरिनटारको लक्ष्मीकली अघिल्लो चरण प्रवेश गरेका छन् ।

नतिजा प्रकाशन संयोजक ऋषि तिवारीका अनुसार अर्को चरण प्रवेश गर्ने विदेशी प्रतिष्ठानका हात्तीमा बेलायतको कोलफिडको सुरजकली, अस्ट्रेलियाका बाजेको अनारकली, रबर्ट डंकन युकेको रुप्सीकली, हिमालयन सोसल जर्नी इटलीको पूजाकलीलगायत छन् । सफल हात्तीबीच बिहीबार दिउँसो सेमिफाइनल प्रतिस्पर्धा हुनेछ । हात्ती दौडमा प्रतियोगितामा विभिन्न होटल एवं प्रतिष्ठान प्रतिनिधित्व गरेका स्वदेशी ८ र विदेशी १६ गरी २४ टिमले सहभागिता जनाएका थिए ।

त्यस्तै बुधबार सम्पन्न पहिलो चरणको टाँगा र गाडा दौडतर्फ विभिन्न होटल र प्रतिष्ठानले प्रतिनिधित्व गरेका १२/१२ टाँगा, गाडा अकोर्े चरणमा प्रवेश गरेका छन् । प्रतियोगिता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको खेल स्थलमा बाक्लो उपस्थिति थियो । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर विदेशी पर्यटकको बसाइ लम्ब्याउन आयोजक क्षेत्रीय होटल संघ सौराहाले हात्ती महोत्सव गर्दै आइरहेको छ ।

गौरीशंकर विजयी हात्तीका छावाबीचको रोमाञ्चक फुटबल प्रतियोगिताअन्तर्गत बुधबारको प्रतिस्पर्धामा गौरीशंकर डेभलपमेन्ट बैंक विजयी भएको छ । गौरीशंकरले रोटरी क्लब इन्टरनेसनललाई पेनाल्टी सुट आउटमा २-१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्‍यो ।

निर्धारित समयमा दुवै टिमले १/१ गोल गरेका थिए । पेनाल्टीमा गौरी शंकरका लागि लोकतन्त्रकली र लक्कीकलीले गोल गरेका थिए । रोटरीका तर्फबाट सान्त्वना गोल अघिल्लो वर्षमा हिरो कुश प्रसादले गरेको थियो । फुटबलमा एउटा

टिममा ४ वटा छावा रहने गर्छन् । तिनलाई यसअघि नै फुटबल अभ्यास गराइएको हुन्छ ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:३३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper 	Epaper - Kantipur Daily 2013-05-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै कुन चैंले 'समिति’लाई 'सहमति’ बनाइद्यो !... नेताज्यू’रू सप्पै गलत ठाउँमा आइपुगेछु भन्दै भटाभट फर्के !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication