Kantipur

Kantipur

मिति | २०७१ वैशाख १२, शुक्रबार     Login | Register
देश»

'धु्रवे’ लाई गोली हानियो

चितवन, पुस ४ -
मान्छे मार्ने चितवन निकुञ्जको जंगली हात्ती -धु्रवे) लाई बुधबार साँझ गोली हानिएको छ । गोली लागेको हात्ती राति अबेरसम्म फेला पर्न सकेको छैन । हात्ती मार्न खटिएका सेना, प्राविधिक, कर्मचारी र हात्ती सारेको टोलीले दिनभर खेदेर साँझ टाइगरटप्स होटल क्ष्ाेत्रमा करिब ६ बजे गोली चलाएको थियो । स्रोतका अनुसार धु्रवे लक्ष्ाित गरेर ४८ राउन्ड गोली प्रहार गरिएको थियो ।

जिल्लास्थित उच्च स्रोतले गोली चलाएको पुष्टि गर्दै सेनाले घाइते हात्तीको खोजी गरिरहेको जनायो । निकुञ्ज विभाग स्रोतका अनुसार गोली चलाउँदा अँध्यारो भइसकेको थियो । गोली लागेर बगेको रगतको दाग देखिएको थियो । 'घाइते अवस्थामा हिँडिरहेको छ,' स्रोतले भन्यो, 'गोली लागेपछि हात्ती शिथिल बन्छ ।' कुन दिशामा गइरहेको छ भन्ने रेडियो कलरले बताउने जनाए । रेडियो कलरले दिने संकेत आधारमा हात्तीको पिछा गरिएको छ ।

हात्ती मार्न ७० जनाको टोली आइतबारदेखि खटिएको छ । मध्यवर्ती क्ष्ाेत्रमा लगातार मानव क्ष्ाति पुर्‍याएपछि आक्रोशित माडी बासिन्दा र जिल्लाका राजनीतिक दलले हात्ती मार्न दबाब दिएका थिए । स्थानीय प्रशासनले निकुञ्ज ऐनमा व्यवस्था भएबमोजिम हात्ती बौलाएको जनाउँदै मार्न आदेश दिएको थियो । निकुञ्ज प्रशासनले ३ दिनदेखि 'अप्रेसन ध्रुवे' चलाइरहेको छ । गोली चलाउने उपयुक्त स्थान र समय कुर्दै सेना र प्राविधिकले पछ्याइरहेको निकुञ्जले दाबी गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीका अनुसार दिनभर हात्ती दक्ष्ािणी क्ष्ाेत्रको सुरुङखोला र टाइगरटप्स होटलको बीच रिउखोला आसपास रहेको

थियो । उनले गोली चलाएको कुरा हल्लामात्र भएको बताए । रातको समय हतियारको रेन्जमा हात्ती देखिए गोली चलाउन सकिने उनले बताए । त्यस क्ष्ाेत्रमा दिनभर बाक्लो हुस्सु लागेकाले हात्ती रहेको स्थान पक्का हुन सकेको थिएन । त्यस क्ष्ाेत्रमा ठूलो झाडी रहेको छ ।

यसैबीच हात्ती आक्रमणबाट मारिएका वृद्ध दम्पतीको शव पाँचौं दिन पनि उठ्न सकेको छैन । स्थानीय बासिन्दाले मृतक बुद्धिराम र श्रीमती जरिया बोटेको शव माडी-ठोरी सडकको बरुवा बजारको चौतारामा राखेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू मृतकलाई १० लाखका दरले क्षतिपूर्ति र हात्ती मार्नुपर्ने अडान लिएका छन् ।

प्रकाशित मिति: २०६९ पुस ५ ०९:०८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-25
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

उइलेको दिवसाँ 'संविधान छिट्टै दिन्छु’ भन्याथेँ अइले नि त्यै भन्छु !... किनभने म अरुजस्तो कुरा फेरी हिँड्ने नेता हैन !

विज्ञापन

Travel de society Travel USA Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication