लुम्बिनी बौद्ध विश्वविद्यालयमा मौलाउँदो बेथिति
रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले आफू अनुकूल निर्णयका लागि ऐन/नियमावली परिमार्जन र संशोधन गरेको पाइएको छ ।
रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले आफू अनुकूल निर्णयका लागि ऐन/नियमावली परिमार्जन र संशोधन गरेको पाइएको छ ।
अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको बिहीबार साँझ पुल्चोकमा रथारोहण गरिएको छ । रथारोहणको लागि बुधबार मातातीर्थ औँशीको दिन मत्स्येन्द्रनाथका पुजारीहरू ललितपुरको देवीचौरस्थित कटुवाल दहमा मत्स्येन्द्रनाथ देवता ल्याउन रात बस्न गएका थिए । बिहीबार बिहान पूजा गरेर कटुवाल दहबाट देवता ल्याउने चलन छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई परिचालन गर्न रोक्नुपर्ने बताएका हुन् ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपराह्न शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि वार्षिक नीति तथा कार्यक्रम जेठ १ गते अर्थात् आगामी मंगलबार प्रस्तुत गर्ने भएको छ ।
पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादीले बाहिरिने तयारी गरेका हुन् । शीर्ष नेताको निर्देशन पर्खिरहेका दुवै दलका नेताहरू प्रदेश सरकारबाट समर्थन फिर्ता र नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् ।
रोजगारी नपाएर नेपालीहरु भारतको पंजाव र हरियाणासम्म मजदुरी गर्न गइरहेका बेला भारतीय नागरिकहरु भने नेपालमा आएर खेतीपाती गरिरहेका छन् । उनीहरुले खेतीपातीबाटै लाखाैँ रुपैयाँ कमाइरहेका छन् । भारतका विभिन्न राज्यबाट आएका उनीहरुले सप्तकोशी नदी किनारमा खरबुजा खेती लगाएका छन् ।
सरकारले ४२ जना खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाखभन्दा बढी रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाख १० हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) जारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।
रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडा बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो ।