लुम्बिनी बौद्ध विश्वविद्यालयमा मौलाउँदो बेथिति
रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले आफू अनुकूल निर्णयका लागि ऐन/नियमावली परिमार्जन र संशोधन गरेको पाइएको छ ।
रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले आफू अनुकूल निर्णयका लागि ऐन/नियमावली परिमार्जन र संशोधन गरेको पाइएको छ ।
सभामुख देवराज घिमिरेसँग राष्ट्रिय दलको मान्यता प्राप्त दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल बिना निष्कर्ष टुंगिएको छ । कांग्रसले संघीय संसद्को बजेट अधिवेशनका बैठक उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म अवरोध गर्ने जानकारी गराएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि वार्षिक नीति तथा कार्यक्रम जेठ १ गते अर्थात् आगामी मंगलबार प्रस्तुत गर्ने भएको छ ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका लागि विनियोजन हुँदै आएको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहीबार मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्यून भएको बताएका हुन् ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपराह्न शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई परिचालन गर्न रोक्नुपर्ने बताएका हुन् ।
सरकारले ४२ जना खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाखभन्दा बढी रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाख १० हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) जारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।
सरकारले प्रहरी नायव महानिरीक्षक(डीआईजी)हरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन् ।