इलाम-२ मा ६० प्रतिशत मतदान
इलाम क्षेत्र नं २ मा ६० प्रतिशत मतदान भएको छ । शनिवार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको हो ।
इलाम क्षेत्र नं २ मा ६० प्रतिशत मतदान भएको छ । शनिवार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको हो ।
आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच शनिबार यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ ।
शनिवार नेपाल र वेस्ट इन्डिजको खेल हेर्न काठमाडौंको कीर्तिपुर मैदानमा दर्शकको खचाखच उपस्थिति रह्यो । क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन मात्रै सुधारिएको छैन, नेपाली दर्शक पनि बढेका छन् । शनिवारको खेलमा नेपाली टीमका कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गर्यो ।
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह जबरजस्ती करणी मुद्दामा फरार भएका छन् ।जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
पोखराको सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका पीडितले संयुक्त विज्ञप्ति जारी गर्दै सहकारीबाट गैरकानुनी रुपमा ऋण लिएका कम्पनी र ती कम्पनीका सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । रोहितले १ सय १२ रन बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ५ रनको लक्ष्य २ बल अगाडि नै २ सय ६ रन बनायो ।
सहकारीका बचतकर्ताको रकम फिर्ता गराउनका लागि कानुनी व्यवस्था गर्न लागिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद्को बैठकमा सहकारी पीडितलाई बचत फिर्ता गराउनका लागि संचालकहरूको सम्पत्ति बिक्री गर्ने लगायतको कानुनी अभाव रहेकाले त्यसको पुर्तिका लागि कानुनी व्यवस्था गर्न लागिएको बताए ।
नेपाल मिडिया सोसाइटीले नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बद्नाम गर्ने कुत्सित उद्देश्यका साथ कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर भ्रम फैलाउने कुचेष्टा गरेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र अधिवक्ता किशोरकुमार बिस्टले भ्रामक अडियो सार्वजनिक गर्नेलाई कारबाही गर्ने माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारी हाजिर हुन नदिएर फिर्ता पठाउने गरेको घटना बेलाबेला सुनिन्छन् । कर्मचारी मात्रै होइन, अब शिक्षक पनि हाजिर हुनबाट रोकिएका छन् । यहाँको बेलडाँडी गाउँपालिकाले हालै नियुक्ति लिएका शिक्षकलाई हाजिर हुन नदिएको हो ।